इटहरी : सुनसरीमा सशस्त्र प्रहरीले ६६ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामान र सवारी साधन बरामद गरेको छ ।
सुनसरीका विभिन्न ६ स्थानमा सोमबार (आज) एकैदिन चेकजाँच र छापामारी गर्दा यतिका सामान र सवारी साधन नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सो क्रममा दुई वटा ट्रक, एक मारुती भ्यान, एक पिकअप भ्यान र दुई मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
सवारी साधनहरू कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा र बरामद सामान भन्सार कार्यालय कोसी ब्यारेजमा पठाइएको सशस्त्रले जनाएको छ ।














Discussion about this post