विराटनगर : विराटनगरको कोसी अस्पतालमा शरीर जोडिएका जुम्ल्याहा जन्मिएका छन् ।
सप्तरीको कल्याणपुरकी ३७ वर्षीया दुखनीदेवी भगत चौधरीले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी हुन् ।
बच्चाको छातीदेखि पेटसम्मको भाग जोडिएको छ । पेटदेखि मुनिको भाग भने अलग छन् । अरु अंग पनि जोडिएका छैनन ।
अस्पताल प्रशासनले दिएको जानकारीअनुसार दुवै छोरी हुन् । जन्मँदा तौल ३.४ किलोग्राम रहेको छ ।












Discussion about this post