झापा : झापाको भद्रपुर नगरपालिका ८ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको हो ।
पूर्वबाट पश्चिमतर्फ छुट्टाछुट्टै साइकलमा जाँदै गरेका भारत दार्जीलिङका २२ वर्षीय शिवु घोष र २६ वर्षीया श्यामली सोरेनलाई शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट १ सय ९४ ग्राम ५ सय ४० मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ ।












Discussion about this post