इटहरी : झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको केराबारी गाउँपालिका ७ का ३२ वर्षीय युवराज कटवाललाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको हो ।
उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
यसैगरी झापाको भद्रपुर नगरपालिका ५ मेचीपुलबाट भारतमा नेपालतर्फ आउँदै गरेको मे १० प ३२८७ नम्बरको मोटरसाइकल जाँच गर्दा एक ग्राम ब्राउनसुगर फेला परेको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक भद्रपुर ८ का २६ वर्षीय मोहित साहलाई पक्राउ गरिएको छ ।
यस्तै, झापा गाउँपालिका ५ भित्री सडक खण्डबाट स्थानीय २४ वर्षीय विशाल राजवंशी र १९ वर्षीय रोहन ढकाललाई २ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post