झापा : झापाको बिर्तामोड ७ स्थित सुन्दर निचाझोडा सामुदायिक वनबाट चोरी, तस्करी गरी लगिएको ६ वटा सखुवाका गोलिया बरामद गरिएको छ ।
आइतबार बिहान साढे ५ बजे बनबाट चोरी गरी बिर्तामोड ३ स्थित प्रज्वल फर्निचरमा लगिएको अवस्थामा उपभोक्ताहरूले काठ फेला पारी डिभिजन वन कार्यालयलाई खबर गरेको जनाएका छन् ।
मे १ च ३०७९ नम्बरको हात्ती गाडीबाट काठ अनलोड गरिसकेको अबस्थामा बरामद गरिएको उपभोक्ताहरुको भनाइ छ ।
४३.३४ क्युविक फुट काठ बरामद गरी डिभिजन वन कार्यालयमा ल्याइएको र चोरी तस्करीमा संलग्नहरुको खोजी भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी अन्जना पुरीले जानकारी दिइन् ।













Discussion about this post