झापा : झापामा सशस्त्र प्रहरीले दुइवटा टयाक्टरसहित ४० लाख मूल्य बराबरको अवैध सखुवा जातको गोलिया काठ बरामद गरेको छ ।
मेचीनगर १ कृष्णथुम्की वनबाट शुक्रबार ति १२ बजेर १० मिनटमा विषेश सूचनाको आधारमा सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका गणपति देवराज अर्यालको नेतृत्वमा गएको टोलीले जङ्गलबाट काठ बरामद गरेको सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय कोसी प्रदेश सुनसरीले जनाएको छ ।
काठ तस्करले प्रहरीलाई देखेपछि छाडेर भागेको र पछ्याउँदै जाँदा टयाक्टर फेला पारिएको डीआइजी अञ्जनीकुमार पोखरेलले जानकारी दिए । खोजतलासका क्रममा ५ सय क्यू.फिट सखुवा,अन्य जातका २ सय क्यू.फिट र करिब एक ट्रक साल र अन्य जातका लाथ्रा फेला पारिएको उनले बताए ।
नियन्त्रणमा लिएको मे १ त ७२०० र मे १ त ५३४५ नम्बरका टयाक्टर र काठसहित अनुमानित ४० लाख मूल्य कायम गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापा वुझाइएको उनले जानकारी दिए ।












Discussion about this post