विराटनगर : विराटनगर १२ स्थित गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय मृत्यु भएको छ ।
रायको आज (आइतबार) बिहान २ बजे मृत अवस्थामा शव फेला परेको हो ।
माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज शर्माले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । सुरजले भने सुष्माले झुन्डिएर आत्महत्या गरेको बताएका छन् ।
सुष्मा र सुरजको चार वर्ष अगाडि प्रेम विवाह भएको हो । सुष्माको माइती घर विराटनगर १२ सैनिक टोलमा रहेको छ । उनीहरूको ३ वर्षकी छोरी र ६ महिनाको छोरा रहेका छन् ।
शनिबार दिउँसोदेखि सुष्मा र सुरजको झगडा भएको थियो । झगडा भएपछि सुष्माको हात पनि कचियाले काटिएको छ ।
झगडा भएपछि उनी माइती घर सैनिक टोल पनि पुगेको दाजु मुकेस कुमार रायले बताए ।
सुष्माको आत्महत्या नभएर योजनाबद्ध तरिकाले हत्या भएको माइती पक्षको आरोप छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङले मुचुल्का उठाएर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ ।














Discussion about this post