विराटनगर : मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गस्थित २२ वर्षीय भागमान राईको घरमा लागूऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले राईको घर खानतलासी गर्दा प्रतिबन्धित औषधि बरामद गरेको छ ।
प्रहरीले ट्रमाडोल ४ सय २० चक्की, स्पास्पेन ३ सय ९० चक्कीसहित २७ वर्षीय रोशन कार्की, २२ वर्षीय दीपेश घतानी र २२ वर्षीया झरना श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको हो ।
यसैगरी धरान उपमहानगरपालिका ८ स्थितमा सार्वजनिक बसमा आउँदै गरेका धनकुटाको धनकुटा नगरपालिका १ हिलेका ३० वर्षीय सोयम राईलाई अस्थायी प्रहरी पोष्ट धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट डाइजेल्याप ५५, लुपिजेशिक ५५, एभिल २५ र फेनरगन ६३ एम्पुल बरामद गरेको थियो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post