झापाको कन्काई नगरपालिका ८ मा जंगली च्याउ खाएर एकै घरका तीनजना बिरामी भएका छन् ।
जंगली च्याउ पकाएर खाएका ४० बर्षीया बेनुका लम्साल, निजको छोरा २१ बर्षीय बिपिन लम्साल र १९ बर्षीय सौरब लम्साल बिरामी भएका हुन् ।
बिरामी भएका तिनै जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
















Discussion about this post