विराटनगर : मोरङ र झापाका छुट्टाछुट्टै स्थानहरूबाट अबैध लागूऔषधसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री झापाको कमल गाउँपालिका ६ का विवेक ग्वालालाई शंकास्पद अवस्थामा फेला पारी चेकँजाच गर्दा उनको साथबाट लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम गरी जम्मा २६ एम्पुल लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरीशनिश्चरे नगरपालिका १ रत्नचोक स्थितबाट स्थानीय २१ वर्षीय शैलेस गुरुङलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।
उता, लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका ४ भद्रपुर रोड स्थितबाट १ ग्राम १ सय मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित स्थानीय २५ वर्षीय रबी चौधरी, १९ वर्षीय प्रियान्स साह र २४ वर्षीय विशाल बिकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक कानूनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post