झापा : झापामा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ५ निवासी ४४ वर्षीया मदिना खातुन रहेकी छन् । डेंगु संक्रमण पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको हो।
ज्वरो आउने, हातखुट्टा दुख्नेजस्ता समस्या भएपछि उनले बालाजी फर्मामा परीक्षण गराएका थिए। चिकित्सकले डेंगु भएको र औषधि खाँदै आराम गर्नु भन्ने सल्लाह दिएपछि घरमा ल्याएर राखिएकोमा मृत्यु भएको मृतकका छोरा मिराज आलमले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार विगत पाँच दिनमा १२ जनामा डेंगु रोगको संक्रमण देखिएको छ।














Discussion about this post