विराटनगर : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको समूह र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगरसहित छ जनालाई पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका ८ स्थितमा लागूऔषध बिक्रि बितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले स्थानीय २२ वर्षीय साजन बिक, ३३ वर्षीय सीताराम तामाङ, ४२ वर्षीय जनक राई, ३५ वर्षीय रबिन बराईली र २४ वर्षीय आलोक मगरलाई २ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी मोरङको रंगेली नगरपालिका ४ स्थित इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले भारतिय नागरिक ७० वर्षीय भल्लु पासवानलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट ४ ग्राम ७ सय ९० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post