विराटनगर : सर्वोच्चको फैसलापछि कामचलाउ मुख्यमन्त्रीको दाबी गरेका हिक्मतकुमार कार्कीलाई कोसी प्रदेशको मुख्यमन्त्री कार्यालयले वेवास्ता गरेको छ ।
काठमाडौंमा रहेका कार्की आज (शुक्रबार) बिहान १० बजे विराटनगर आएर मुख्यमन्त्री कार्यालय जाने तयारीमा थिए ।
तर, उनी विमानस्थलमा आउँदा उनलाई लिन कर्मचारी, सुरक्षाकर्मी नपुगेपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा चढ्दै आएको को १ झ ६५२ नम्बरको स्कारपियोमा विमानस्थलबाट निस्किएका छन् ।
सर्वोच्चको फैसलाले असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका उद्वव थापालाई बर्खास्त गरी साउन १७ गतेभित्र नयाँ सरकार गठनको आदेश गरेको छ ।
तर, यो अवधिमा कामचलाउ मुख्यमन्त्री को हुने भन्ने आदेशमा स्पष्ट नभएकोले मुख्यमन्त्री कार्यालयका कर्मचारी पनि अन्यौलमा छन् ।
महान्यायाधिवक्तासहित सरकारी वकिलहरूले थापा नै काम चलाउ मुख्यमन्त्री रहने बताइरहेको बेला कार्की र उनको पक्षमा सर्वोच्चमा बहस गरेका वकिलहरूले भने कार्की नै मुख्यमन्त्री हुने दाबी गरिरहेका छन् ।
मुख्यमन्त्री कार्यालयले भने कार्कीलाई अहिलेसम्म मुख्यमन्त्रीको मान्यता दिन अस्वीकार गरेको देखिएको छ ।












Discussion about this post