तेह्रथुमको लालिगुराँस नगरपालिका ७ बाट १ थान भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय २२ बर्षीय लालबहादुर तामाङले आफ्नै घरमा अबैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले १ थान भरुवा बन्दुक सहित तामाङलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
















Discussion about this post