झापा : झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरी पक्राउ गरेको छ ।
लागूऔषधको बिक्री वितरण भइरहेको भन्ने विशेष सूचना प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ को एक घरबाट कमल गाउँपालिका ४ का ३५ वर्षीय सुमन श्रेष्ठ, गौरादह घर भई दमक नगरपालिका ५ मा बस्ने २७ वर्षीय सरोज सुब्बा र सरोजकै श्रीमती ३२ वर्षीया मीना राईलाई ८ ग्राम लागूऔषध ब्राउनसुगर र ३ थान मोबाइलसहित पक्राउ गरेको हो ।
यसैगरी झापाकै मेचीनगर नगरपालिका ६ मेची पुल छेउबाट बिर्तामोड नगरपालिका ४ का २० वर्षीय महममताज अलीलाई २ ग्राम लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका अलीलाई चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद भएसँगै प्रहरी टोलीले पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post