झापा : झापाको दमक नगरपालिका १ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ब्राउनसुगर बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा बिहीबार (आज) दिउँसो बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ३ घर भई हाल दमक १ स्थित डेरा गरी बस्दै आएका २७ वर्षीय राजु बुढाथोकी र २८ वर्षीया सम्झना विश्वकर्मा बुढाथोकीलाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ब्राउनसुगर, डिजिटल तराजु थान १ र २ थान मोबाइलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post