झापा : झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित श्रीमान–श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पैदालयात्री मेचीनगर ८ की २१ वर्षीया मनिषा दनुवारलाई पक्राउ गरिएको हो ।
उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै, लागूऔषध बिक्री वितरणमा संलग्न उनका श्रीमान २१ वर्षीय अभय राजवंशीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post