विराटनगर : कोसी प्रदेशका विभिन्न स्थानहरूमा आएको अविरल वर्षासँगै आएको बाढी पहिरोको कारण सडक अवरोध भएको छ।
ताप्लेजुङको मैवाखोलामा बाढी आएर मेरिङदिन गाउँपालिका ३ स्थितमा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका ५ जोड्ने मोटरेबल पुलसम्म जाने अन्दाजी ७ मिटर बाटो बाढीले बगाउँदा दुवैतर्फको सवारी आवामगन बन्द भएको छ ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका १ गुप्त बराह भित्री सडकखण्डमा सडकमा पहिरो झरेर बाटो अवरोध भएको छ ।
इलाम नगरपालिका ४ अधिकारी चोकमा सडकमा पहिरो झर्दा बाटो अवरोध भएको, तेह्रथुमको छथर गाउँपालिका र सिधुवा शुक्रबारे सडकखण्डको देवीथानमा सडक माथिबाट पहिरो खस्दा बाटो अवरोध भएको, ताप्लेजुङको फुङलिङ नगरपालिका ८ खोक्से खोला स्थित मेची राजमार्गमा सडक माथीबाट पहिरो खस्दा राजमार्ग अवरोध भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसैगरी झापाको अर्जुनधारा नगरपालिका ७ खुदुवावारी–शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको सडकको पुलमुनीको पंखामा बाढीले क्षति पुर्याउदा पुल जीर्ण अवस्थामा रहेकोले उक्त स्थानमा समेत प्रहरी टोली खटि गई स्थानीय निकायको सहयोगमा बाँध बाध्ने कार्य भइरहेको छ ।
उक्त स्थानहरूमा प्रहरी टोली खटिई स्थानीय निकायहरूसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post