करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मोरङको बुढीगंगा ५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको हो ।
बिराटनगर ६ मा रहेको स्टन कोल्ड स्टोरमा ओल्डिङ गर्ने क्रममा करेन्ट लागेर बेहोस भएका उनलाई तत्काल बिराट नर्सिङ होम लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सन्तोष सोही स्टोरमा ओल्डिङको काम गर्दै आएको र घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।
















Discussion about this post