Thursday, October 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा रथयात्राको सबै तयारी पूरा, यस्तो छ तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८०
in समाचार
0
विराटनगरमा रथयात्राको सबै तयारी पूरा, यस्तो छ तयारी
170
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरमा बिहीबार (भोलि) हुने राधाकृष्ण रथयात्राका लागि सबै तयारी पूरा भएको छ ।

ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी हुने यो यात्राका लागि विराटनगरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । विराटनगरमा धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको राधाकृष्ण रथयात्राको सबै तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

विराटनगरको पहिचानसँग जोडिएको रथयात्रा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकाल्ने परम्परा छ । हजारौं भक्तजनको उपस्थितिमा राधा र कृष्णको युगल जोडीसहितको रथलाई विराटनगर बजार परिक्रम गराउने चलन छ । बिहीबार निकालिने रथयात्राको सबै तयारी पूरा भएको राधाकृष्ण रथयात्रा समारोह समितिले जनाएको छ ।

विराटनगर महानगरपालिका १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रालाई भव्य, सभ्य र व्यवस्थित बनाउन विभिन्न १८ वटा उपसमिति गठन गरेर परिचालन गरिएको छ ।

राधाकृष्ण रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्राका लागि प्यागोडा शैलीको रथलाई सजाउने, सरसफाई गरेर रुट व्यवस्थित बनाउनेलगायत व्यवस्थापनका सबै काम सम्पन्न गरिएको जानकारी दिए । रथको श्रृङ्गारका लागि भारतको कोलकाताबाट ६ जना कालीगढ झिकाइएको थियो ।

रेग्मीका अनुसार रथयात्राका लागि २२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइ भएको रथ तयार पारिएको छ । भक्तजनलाई रथ तान्नका लागि रथको अग्रभागबाट ७५–७५ फिट लम्बाइको दुईवटा डोरी राखिने छ । दायाँतर्फको डोरीबाट पुरुष तथा बायाँतर्फको डोरीबाट महिलाले रथ तान्ने जानकारी रेग्मीले दिए ।

दिउँसो ३ बजे राधाकृष्ण मन्दिर परिसरबाट निस्किने रथयात्राको रुट तय भइसकेको छ । विराटनगरको मेनरोड हुँदै गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर रथयात्राको बिसर्जन गरिने छ ।

रथयात्रका लागि करिब ९ किलोमिटर दूरी तय गरिएको छ । विभिन्न ६० वटा झाँकीसहित निकालिने रथलाई ४३ स्थानमा विश्राम दिइने उनले बताए । विभिन्न जातजाति, धर्म र समुदायका झाँकीसहित भक्तजनको उपस्थितिले रथयात्रा भव्य हुने रेग्मीको भनाइ छ ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बुधबार प्रहरीलाई ‘विशेष बिफ्रिङ’ गर्दै रथयात्राको सुरक्षामा कुनै पनि कमजोरी हुन दिन नहुने स्पष्ट पारेका छन् ।

रथयात्राका लागि मजवुत र भरपर्दो सुरक्षा व्यवस्था मिलाउन एसपी पोखरेलसहित डीएसपीहरु रन्जनकुमार दाहाल, विजय श्रेष्ठ, छेदीलाल कामतीलगायतका प्रहरी अधिकारी आफैं फिल्डमा खटिने छन् ।

सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने छ । भक्तजनलाई विभिन्न सुझाव दिएर सचेत गराउँदै प्रहरीले शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएको छ ।

राधाकृष्ण मन्दिर परिसरदेखि विराटनगरका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरेर सुरक्षा निगरानी गर्न थालिएको छ । रथयात्राको अवलोकनमा धेरै भक्तजनहरुको उपस्थिति हुने हुँदा भीडभाडको फाइदा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीलगायतका घटना हुनसक्नेतर्फ प्रहरीले सबैलाई सचेत गराएको छ ।

रथयात्राको अवलोकनमा धेरै भक्तजनहरुको उपस्थिति हुने हुँदा भीडभाडको फाइदा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीलगायतका घटना हुनसक्नेतर्फ प्रहरीले सबैलाई सचेत गराएको छ ।

Tags: #विराटनगररथयात्रा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    489 shares
    Share 196 Tweet 122
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.