सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारीका २३ बर्षीय मिथुन यादव प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका छन् ।
भाण्टाबारीमा हिँडिरहेका यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ४१एम्पोल, डाईजेल्याव ३९ एम्पोल, लुपिजेसिक ४०एम्पोल, नाईट्रोशन १०० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन १४४ क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post