सुनसरीको धरान १५ बाट हतियार सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका ६ बस्ने २७ बर्षीय रोशन राई रहेका छन् ।
उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
धरान १५ मा लुकीछिपी बसेका राईलाई बिशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।
उनको साथबाट १ थान पेस्तोल, ३ राउण्ड गोली फेला पारी बरामद गरिएको हो ।
साथै पक्राउ परेका राईको साथबाट २ थान मोबाईल र ६ थान सिम कार्ड समेत फेला पारी बरामद गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post