झापा : झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाको प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका ११ बसपार्कमा रहेको एक होटलबाट भारतको बिहार राज्य किसानगञ्ज जिल्ला पोराभिट्टा जिरनगाछ बस्ने २१ वर्षीय लाल मियालाई पक्राउ गरेको हो ।
उनको साथबाट एक सय १८ ग्राम ७ सय १० मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले झापाको बुद्धशान्ति गाउँपालिका ७ सुनमाईका २८ वर्षीय आषिश राईलाई पक्राउ गरेको छ । कोठाको सिरानीमुनि लुकाई छिपाई राखेको दुई ग्राम ब्राउनसुगर फेला पारी उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post