झापा : झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले तीनजनालाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका झापाको बिर्तामोड नगरपालिक ३ बिर्ताबजारका २४ वर्षीय उत्सव चौधरीको साथबाट १ ग्राम ५ सय मिलिग्राम लागूऔषध बरामद गरेको छ ।
यसैगरी गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको सोही टोलीले मेचीनगर नगरपालिका ९ झोडाका २० वर्षीय निर्दोष डाँगी र २७ वर्षीय साजन राजवंशीको साथबाट १ ग्राम ९ सय मिलिग्राम लागूऔषध ब्रउनसुगर फेला पारी बरामद गरेको छ ।
ब्राउनसुगरसहित नियन्त्रणमा लिएका तीनैजनामाथि इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post