प्रदेश १ मा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा शनिबार गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण देखिएको हो ।
मोरङको बुढीगंगामा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिकामा ३ महिला सहित ७ जना र इलामको सूर्योदय नगरपालिकाका ५ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
यो सँगै प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३३ पुगेको छ ।
















Discussion about this post