इटहरी : झापा र मोरङको छुट्टा–छुट्टै स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरको अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा अन्तरगत परिचालन भएको प्रहरी गस्ती टोलीले मेचीनगर ६ स्थितबाट करिब ३० हजार रुपैयाँ मूल्य बराबरको ३० जोर पान्डा सुज बरामद गरेको छ ।
यस्तै, विराटगर महानरपालिका १३ स्थितमा प्रहरी गस्ती टोलीले भन्सार छली लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा करिब एक लाख ६ हजार मूल्य बराबरको हुक्काको कोइला ८९ प्याकेट र हुक्कामा लगाउने फ्लेबर १३ प्याकेट बरामद गरेको हो ।
बरामद भएका अवैध सामानहरू आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post