भारतबाट अबैध रुपमा सूर्तीजन्य सामाग्री ल्याउँने इटहरीका सुरज चौधरी फक्राउ परेका छन् ।
इटहरी ६ स्थित जनता गल्लीमा अबैध सामाग्री ल्याएको आरोपमा इटहरी ११ का सुरज चौधरी पक्राउ परेका हुन् ।
चौधरीले भारतबाट भन्सार छली ल्याई अवैध रुपमा सूर्ती तथा गुटखाहरु लुकाई छिपाई संञ्चय गरी राखेको भन्ने गोप्य सूचनाको आधारमा सिबिल प्रहरीको टोलीले १ लाख ६० हजार रुपैँया बराबरको सूर्तीजन्य सामाग्री समेत बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post