मोरङको बिराटनगर महानगरपालिका १२ बखरीबाट भन्सार छली ल्याएको करिव ५ लाख भन्दा बढीको अबैध समान सहित ६ जनालई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा टेम्पो चालक बिराटनगर १५ का राजा पासवान सहित बिशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अबिनाश चौधरीलाई पक्राउ गरेको हो ।
बरामद भएको समान, पक्राउ परेका मानिस तथा सवारी साधन समेत आवश्यक कारवाहीको लागी बिराटनगर भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















Discussion about this post