प्रदेश १ मा शनिबार १२ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला, २ पुरुष र सुन्दरहरैँचामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापाको कचनकवलमा ४ पुरुष, कनकाईमा १ पुरुषमा संक्रमण देखिएको छ । यस्तै, इलामको देउमाईमा १ पुरुषरहेका छन् ।
यो सँग्र प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ६५ पुगेको छ ।
















Discussion about this post