प्रहरी जवान १३७ औँ समूहको आधारभूत तालिममा सहभागी ९८ जना महिला सहित ८ सय २१ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।
१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरमा ५८७ जना, १ नम्बर प्रदेश शशस्त्र प्रहरी गण रानीमा १३९ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९८ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा संयुक्त रुपमा दिक्षित भएका हुन् ।
गत बर्षको श्रावण २० गते देखि संचालित प्रहरी जवान १३७ औँ समूहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।
दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक टेक बहादुर तामाङले सफत ग्रहण गराएका थिए।
















Discussion about this post