Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा नगरसभा बैठक स्थगित गरेपछि एमालेको आपत्ति, मेयर भन्छन्, ‘सहकार्य गरेर सरकार चलाउँछु’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ११, २०८०
in टाकुरा विशेष, समाचार
0
108
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा नगरसभा बैठक स्थगित भएपछि नेकपा एमालेले आपत्ति जनाएको छ ।

बुधबार साँझ पत्रकार सम्मेलन गरी एमाले इटहरी नगर कमिटिले आपत्ति जनाएको हो । नगरसभाको बैठक एकतर्फी र हठात ढंगबाट स्थगित भएकोमा गम्भीर ध्यानाकर्षण भएको एमाले इटहरीका कार्यबाहक अध्यक्ष रुपेश बस्नेतले बताए ।

मेयर हेमकर्ण पौडेलले हठात ढंगबाट नगरसभा एकतर्फी किसिमले स्थगित गरेको भन्दै नगर सरकार ‘असक्षम’ रहेको उनको आरोप छ ।

आर्थिक वर्ष २०८०/०८१ को नगर सभाबाट पारित आर्थिक ऐन २०८० ले व्यवस्था गरेको कर तथा राजस्वका दरमा विवाद आएपछि इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

गत साउन २६ गतेको १३३ औँ कार्यपालिका बैठकको निर्णयले सुवेदीलाई कर समायोजन समितिको संयोजक बनाउने निर्णय गरेको थियो ।

यही विषयमा गत पुस ४ गते सम्पन्न १३६ औँ कार्यपालिका बैठकले सुवेदीले बुझाएको प्रतिवेदन हुबहु पारित गर्ने सहमति भएको थियो ।

अस्वभाविक र अवैज्ञानिक ढंगले बढाएको कर समायोजन गर्ने भनिएपनि नगरसभा बैठक नै नगरसभा सदस्यलाई थाहै नदिई स्थगित गरेपछि एमाले शंसकित बनेको छ ।

कर समायोजन तथा पुनरावलोकन गर्नका लागि विगत ६ महिनादेखि गरिएको सबैको सामूहिक प्रयासलाई सफल बनाउने नगरसभा बैठक अन्तिम क्षणमा स्थगित हुनु नियोजित र दुभाग्यपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘इटहरीको समृद्वि, विकास तथा सरकार सञ्चालनका क्रममा उत्पन्न समस्याहरू समाधानका निमित्त संवाद, सहमति र सहकार्य गर्ने नेकपा एमालेको प्रतिबद्धतालाई कमजोरीको रूपमा नलिन इटहरी नगर सरकारका प्रमुखलाई सचेत गराउन चाहान्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अस्वभाविक र अवैज्ञानिक ढंगबाट वृद्वि गरिएको कर÷राजस्वको दर समायोजन गर्नको लागि स्थगित गरिएको १४ औँ नगरसभाको बैठक तुरुन्त बोलाइ आम नगरबासीको चाहनालाई सम्बोधन गरिदिन हार्दिक अपिल गर्दछौँ ।’

यता, नगर प्रमुख पौडेलले भने सबैसँग सहमति र सहकार्य गरेर सरकार चलाउने बताएका छन् । ‘सस्तो लोकप्रियताका लागि हुने धेरै राजनीतिक नाटक हेरेर, सुनेर बसेँ । नगर प्रमुख भएर धेरै कति बोलौँ ? सहमति र सहकार्य गरेर सरकार चलाउँछु ।’

उनले सामाजिक सञ्जालमा लेखेका छन् । एमालेले प्रेस विज्ञप्ति जारी गरेपछि नगर प्रमुख पौडेलले जनतामा भ्रमको पर्दा राखेर बस्ने दल र त्यसपछाडिका पात्रको भूमिकबारे पर्दा च्यात्ने बेला भएको उनले उल्लेख गरेका छन् ।

इटहरी उपमहानगरपालिकाले भूमिकरमा अवैज्ञानिक ढंगबाट तीन सय प्रतिशतभन्दा धेरै कर वृद्वि गरेपछि आलोचना हुँदै आएको छ ।

यो पनि – इटहरीको नगरसभा बैठक अनिश्चितकालका लागि स्थगित

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेषनगरसभानेकपा एमाले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    758 shares
    Share 303 Tweet 190
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.