Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा नगरसभा बैठक स्थगित गरेपछि एमालेको आपत्ति, मेयर भन्छन्, ‘सहकार्य गरेर सरकार चलाउँछु’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ११, २०८०
in टाकुरा विशेष, समाचार
0
107
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा नगरसभा बैठक स्थगित भएपछि नेकपा एमालेले आपत्ति जनाएको छ ।

बुधबार साँझ पत्रकार सम्मेलन गरी एमाले इटहरी नगर कमिटिले आपत्ति जनाएको हो । नगरसभाको बैठक एकतर्फी र हठात ढंगबाट स्थगित भएकोमा गम्भीर ध्यानाकर्षण भएको एमाले इटहरीका कार्यबाहक अध्यक्ष रुपेश बस्नेतले बताए ।

मेयर हेमकर्ण पौडेलले हठात ढंगबाट नगरसभा एकतर्फी किसिमले स्थगित गरेको भन्दै नगर सरकार ‘असक्षम’ रहेको उनको आरोप छ ।

आर्थिक वर्ष २०८०/०८१ को नगर सभाबाट पारित आर्थिक ऐन २०८० ले व्यवस्था गरेको कर तथा राजस्वका दरमा विवाद आएपछि इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

गत साउन २६ गतेको १३३ औँ कार्यपालिका बैठकको निर्णयले सुवेदीलाई कर समायोजन समितिको संयोजक बनाउने निर्णय गरेको थियो ।

यही विषयमा गत पुस ४ गते सम्पन्न १३६ औँ कार्यपालिका बैठकले सुवेदीले बुझाएको प्रतिवेदन हुबहु पारित गर्ने सहमति भएको थियो ।

अस्वभाविक र अवैज्ञानिक ढंगले बढाएको कर समायोजन गर्ने भनिएपनि नगरसभा बैठक नै नगरसभा सदस्यलाई थाहै नदिई स्थगित गरेपछि एमाले शंसकित बनेको छ ।

कर समायोजन तथा पुनरावलोकन गर्नका लागि विगत ६ महिनादेखि गरिएको सबैको सामूहिक प्रयासलाई सफल बनाउने नगरसभा बैठक अन्तिम क्षणमा स्थगित हुनु नियोजित र दुभाग्यपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘इटहरीको समृद्वि, विकास तथा सरकार सञ्चालनका क्रममा उत्पन्न समस्याहरू समाधानका निमित्त संवाद, सहमति र सहकार्य गर्ने नेकपा एमालेको प्रतिबद्धतालाई कमजोरीको रूपमा नलिन इटहरी नगर सरकारका प्रमुखलाई सचेत गराउन चाहान्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अस्वभाविक र अवैज्ञानिक ढंगबाट वृद्वि गरिएको कर÷राजस्वको दर समायोजन गर्नको लागि स्थगित गरिएको १४ औँ नगरसभाको बैठक तुरुन्त बोलाइ आम नगरबासीको चाहनालाई सम्बोधन गरिदिन हार्दिक अपिल गर्दछौँ ।’

यता, नगर प्रमुख पौडेलले भने सबैसँग सहमति र सहकार्य गरेर सरकार चलाउने बताएका छन् । ‘सस्तो लोकप्रियताका लागि हुने धेरै राजनीतिक नाटक हेरेर, सुनेर बसेँ । नगर प्रमुख भएर धेरै कति बोलौँ ? सहमति र सहकार्य गरेर सरकार चलाउँछु ।’

उनले सामाजिक सञ्जालमा लेखेका छन् । एमालेले प्रेस विज्ञप्ति जारी गरेपछि नगर प्रमुख पौडेलले जनतामा भ्रमको पर्दा राखेर बस्ने दल र त्यसपछाडिका पात्रको भूमिकबारे पर्दा च्यात्ने बेला भएको उनले उल्लेख गरेका छन् ।

इटहरी उपमहानगरपालिकाले भूमिकरमा अवैज्ञानिक ढंगबाट तीन सय प्रतिशतभन्दा धेरै कर वृद्वि गरेपछि आलोचना हुँदै आएको छ ।

यो पनि – इटहरीको नगरसभा बैठक अनिश्चितकालका लागि स्थगित

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेषनगरसभानेकपा एमाले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
समाचार

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
FEATURE BREAKING

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    438 shares
    Share 175 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.