झापा : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ९ मागुरमाणी बस्ने २८ वर्षीय भूपाल विक छन् ।
विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post