Monday, June 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बुढासुब्बामा धार्मिक पर्यटकको बढ्दो आकर्षण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १९, २०८०
in समाचार
0
बुढासुब्बामा धार्मिक पर्यटकको बढ्दो आकर्षण
85
SHARES
Share on FacebookShare on Twitter

धरान (सुनसरी) : सिक्किमबाट आउनुभएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन ।

दोस्रो पटक बुढासुब्बाको दर्शन गर्न आउनुभएका गुरुङले भाकल पूरा गर्न आउनुभएको थियो । उहाँले भन्नुभयो, “बुढासुब्बा प्रति ठूलो धार्मिक आस्था र विश्वास भएकाले नै दर्शन गर्न आएको छु ।”

सन्ध्या गुरुङ पनि सिक्किमबाट धरान आएका बेला बुढासुब्बाको दर्शन गर्न मन्दिर आइपुग्नुभएको थियो । उहाँ पनि बुढासुब्बाप्रति अगाध आस्था रहेको बताउनुहुन्छ । परिवारसँगै बुढासुब्बा मन्दिरको दर्शन गर्न आउनुभएकी गुरुङले भन्नुभयो, “बुढासुब्बासँग मागेको कुरा पूरा हुन्छ भन्ने जनविश्वास छ । हामीलाई पनि विश्वास लागेरै यहाँसम्म आएका हौँ ।”

धरानको विजयपुरस्थित बुढासुब्बा मन्दिर धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ । नेपालका विभिन्न जिल्ला मात्र होइन, भारतका सिक्किम, दार्जिलिङलगायतका ठाउँबाट समेत बुढासुब्बा दर्शन गर्न आउने तीर्थालुको सङ्ख्या बढिरहेको छ । बुढासुब्बाप्रति आस्था राख्ने दर्शनार्थीहरु पूर्वी पहाड र तराईबाट धेरै आउने गर्दछन् । त्यसबाहेक नेपालका विभिन्न जिल्लादेखि भारतका नेपालीभाषीहरु उत्तिकै हुन्छन् ।

सुनसरीको इटहरीबाट दर्शनका लागि बुढासुब्बा मन्दिर आउनुभएकी सुनीता राई आफू धेरैपटक बुढासुब्बा आइसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी त वर्षैपिच्छे जस्तो भाले चढाउन यहाँ आउँछौँ । यहाँ पूजा गरेपछि हामीले सोचेका कुराहरु पनि पूरा भएकै छन् । बुढासुब्बाप्रति गहिरो आस्था छ ।”

२०६४ सालदेखि बुढासुब्बा मन्दिरको द्वार बाहिर माला तथा फूलको पसल सञ्चालन गर्दै आउनुभएका प्रेमप्रसाद पराजुली भूटान र बर्मादेखिका भक्तजन बुढासुब्बा आउने गरेको बताउनुहुन्छ । बुढासुब्बामा दर्शन गर्न आउनेहरुको सङ्ख्या बर्सेनि बढिरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पहिला बुढासुब्बालाई जनजातिको देउता भन्ने गरिन्थ्यो तर अहिले सबै जातिका मान्छे पूजा गर्न आउँछन् । अहिले बुढासुब्बा सबैका साझा देउता भएका छन् ।”

एक दशकअघिसम्म बुढासुब्बाको बाँसमा नाम लेख्दा प्रेम अमर हुने विश्वास गरेर बाँसमा नाम लेख्ने प्रचलन थियो । त्यसो गर्दा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तार जाली लगाएको छ । अहिले युवापुस्तामाझ प्रेम अमर हुने विश्वासका साथ बाँस वरिपरि मालाको डोरी बाँध्ने लहर चलेको छ ।

टाढादेखिका भक्तजन कुखुराको भाले, अण्डा, फलफूल लिएर पूजा गर्न यहाँ आइपुग्छन् । वरिपरि हरियालीले ढाकिएको बुढासुब्बा मन्दिर क्षेत्रमा बस्दा मनै आनन्द हुने गरेको दर्शनार्थीहरु अनुभव सुनाउँछन् ।

बुढासुब्बा मन्दिरमा पहिला बिहान मात्र पूजा हुने गरेकामा अहिले दिनभरजसो नै हुने गर्दछ । बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार बुढासुब्बा मन्दिरमा दर्शन गर्न दैनिक सरदर पाँच सयभन्दा बढी भक्तजन आउने गर्दछन् । विशेषगरी शनिबार र मङ्गलबारका दिन अझै धेरै भक्तजन आउने उहाँको भनाइ छ । कात्तिक र चैत महिनाका शनिबार र मङ्गलबारका दिन अन्य महिनाका शनिबार र मङ्गलबारभन्दा दोब्बर, तेब्बर आउने गर्दछन् ।

यो मन्दिरमा हिन्दु धर्मावलम्बी र किरात धर्मावलम्बीका साथै अन्य धर्मका मान्छेसमेत आउने गरेको सचिव आले बताउनुहुन्छ । “हिन्दु धर्मावलम्बीहरु बुढासुब्बालाई किराँतेश्वर महादेवका रुपमा पूजा गर्छन्”, आले भन्नुहुन्छ, “किराँत धर्मावलम्बीहरुमध्ये कसैले यलम्बरको प्रतीकका रुपमा पूजा गर्छन्, त कसैले बुद्धिकर्ण रायको समाधिका रुपमा पनि पूजा गर्छन् । बुद्ध धर्मावलम्बी र मुसलमानहरु समेत मन्दिरभित्र पूजा नगरे पनि मन्दिर घुम्न आउने गरेका छन् ।”

बुढासुब्बाका बारेमा विभिन्न किंवदन्ती छन् । बुढासुब्बा एक शिकारी भएको कथा पढ्न पाइन्छ । बुढासुब्बा र उनकी बहिनी शिकार खेल्दै विजयपुर डाँडामा आइपुगेको र त्यहीँ आफ्नो बाँसको धनुष गाडेर समाधि लिएको कथा पनि जनमानसमा पाइन्छ । उनै शिकारीले गाडेको धनुषबाट बाँस पलाएर झ्याङ भएको हुनाले बुढासुब्बा मन्दिर क्षेत्रमा भएका बाँसको टुप्पा नपलाएको जनश्रुति छ ।

बुढासुब्बाका बाँसमा टुप्पा हुँदैनन् । बुढासुब्बा वरपर मट्याङ्ग्राहरु अहिले पनि भेटिन्छन् । त्यही किंवदन्तीका आधारमा बुढासुब्बा मन्दिरसँगै उनकी बहिनी भनिने छुट्टै मन्दिर पनि छ ।

पथिककवि लक्ष्मी आचार्यले बुढासुब्बालाई महाभारतका पात्र एकलव्यको समाधि भन्नुभएको छ । महाभारतको कथामा धनुर्विद्याका गुरु दो द्राे चार्यलाई नभेटे पनि गुरु मानेर धनुर्विद्या सिकेका एकलव्यले आफू निपूर्ण भएपछि द्राेणाचार्यलाई भेट गरेको र भेटमा गुरु भेटी चढाउन खोज्दा द्राेणाचार्यले बुढी औंला चढाउन लगाएको कथा पाइन्छ ।

तिनै द्राेणाचार्यलाई आफ्नो बुढीऔंला चढाएका एकलव्यको समाधि भएको कवि आचार्यले आफ्ना लेखहरुमा उल्लेख गर्नुभएको छ ।

इतिहासकारहरुले भने बुढासुब्बालाई तत्कालीन किराँत राज्यका राजा बुद्धिकर्ण रायको समाधिस्थल भनेर उल्लेख गरेको पाइन्छ । इतिहासकारहरुले कुनै समय विजयपुरमा छुट्टै सेनराज्य रहेको उल्लेख गरेका छन् । विजयपुरका राजा कामदत्त सेनको हत्यापछि  १८२६ सालमा विजयपुरगढीको सिंहासनमा चौतारिया बुद्धिकर्ण राय बसेको इतिहास पाइन्छ ।

विसं १८३४ मा गोर्खाली फौजले बुद्धिकर्ण रायलाई मारेको उल्लेख छ । हाल बुढासुब्बा मन्दिरभित्र रहेको ढिस्को उनै बुद्धिकर्ण रायको समाधि वा चिहान भएको इतिहासकार इमनसिंह चेम्जोङले लेख्नुभएको छ । मन्दिरभित्र रहेको यही माटोको ढिस्कोमा कुखुराको बलि दिने, फूल अक्षता र रक्सी चढाउने प्रचलन छ ।

मन्दिरनजिकै माला तथा फूल व्यापार गर्दै आउनुभएका प्रेमप्रसाद पराजुली पहिला बुढासुब्बामा भाले, रक्सी, अण्डा, पान, सुपारीसँगै गाँजा पनि चढाउने गरेको तर गाँजा प्रतिबन्ध भएपछि हाल चढाउन छाडिएको बताउनुहुन्छ । बुढासुब्बामा गरेको भाकल पूरा हुने दर्शनार्थीहरुको विश्वास रहेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘‘अहिले भक्तजनले आफ्नो कामना पूरा भएको सुनाउँदा अहिले पनि मन्दिरभित्र साक्षात् बुढासुब्बा हुनुहुन्छ कि भन्ने जस्तो लाग्छ ।’’

उहाँ बर्सेनि देश विदेशबाट आउने भक्तजन बढिरहे पनि व्यवस्थापन पक्ष फितलो रहेको बताउनुहुन्छ । बुढासुब्बामा टाढाबाट आउने भक्तजनलाई वासस्थानको व्यवस्था गर्नुपर्ने अवस्था रहेकाले सरकारले पनि त्यसतर्फ ध्यान दिनुपर्ने पराजुलीको धारणा छ ।

इतिहास अनुसार पनि बुढासुब्बाको इतिहास दुई सय वर्षभन्दा बढी देखिन्छ । बुढासुब्बाका पुजारी ७२ वर्षीय डम्बर आलेमगरका अनुसार उहाँहरुले १७ औँ पुस्तादेखि मन्दिरमा पूजाआजा गर्दै आउनुभएको छ । यहाँ सुरुदेखि नै मगर पुजारी रहँदै आएका छन् ।

उहाँ भन्नुहुन्छ, “जुनसुकै आस्थाले जे मानेर पूरा गरे पनि कसैसँग विवाद गर्दैनौँ, सबैको आआफ्नो आस्था हो ।”

मन्दिरको नियमित आम्दानी भनेको भक्तजनले चढाउने भेटी हो । शनिबारको दिन पाँचदेखि सात हजार रुपियाँसम्म भेटी सङ्कलन हुने व्यवस्थापन समिति सचिव उत्तम आले बताउनुहुन्छ । पूजाका लागि दैनिक आवश्यक पर्ने सामग्री पुजारीले नै किन्ने गरेका छन् । यसरी सङ्कलन भएको भेटीबाट पुजारीले आफ्नो परिवार पाल्ने र घर खर्च धान्ने गरेका छन् ।

पुजारी आले खलकका तीन परिवार छन् बुढासुब्बामा । उनीहरु बर्सेनि पालैपालो पुजा गर्छन् । जसले वर्षभर पूजा गर्छ, भेटी पनि उसैको हुन्छ । तीन वर्षमा मात्र फेरि पालो आउने भएकाले एक वर्षको भेटीले तीन वर्ष पु र्‍याउनुपर्ने अवस्था रहेको सचिव आले बताउनुहुन्छ । यो मन्दिरको कतै गुठी पनि छैन भने कुनै सरकारी निकायबाट पनि नियमित पैसा आउँदैन ।

मन्दिर क्षेत्रमा ४० हाराहारीमा फूल मालाका पसल छन्, त्यसबाट मासिक ५० हजार जति आम्दानी हुने गरेको व्यवस्थापन समिति सचिव आलेको भनाइ छ । मन्दिरमा व्यवस्थापन समितिले एक जना चौकीदार र एक जना सरसफाइ कर्मचारी राखेको छ । पसलको त्यो आम्दानी कर्मचारीलाई तलब दिनै ठिक्क हुने गरेको र बचेको पैसा मन्दिर र वरपरको व्यवस्थापनमा खर्च हुने गरेको उहाँ बताउनहुन्छ ।

केही वर्षअघि कोशी प्रदेश सरकारले ३० लाख रुपियाँ बजेट विनियोजन गरेपछि मन्दिर वरिपरको पर्खाल लगाइएको छ । बुढासुब्बाका बाँसमा जथाभावी नाम लेख्ने प्रचलन बढेर बाँस मर्न थालेपछि धरान उपमहानगरपालिकाको सहयोगमा बाँस संरक्षणको काम पनि थालिएको छ । हाल पुरातत्व विभाग र दाताको सहकार्यमा मन्दिरमा पित्तलको छाना, रेलिङ, खम्बा लगाएर निर्माण गरिएको छ ।

मन्दिरको भेटी र पसलहरुको भाडाबाहेक सरकारी तबरबाट नियमित सहयोग नभएकाले समस्या भएको व्यवस्थापन समिति सचिव आलेको भनाइ छ । उहाँ बुढासुब्बा मन्दिरमा दर्शनार्थीहरु बढिरहेकाले यसको व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले सहयोग गरे सहज हुने बताउनुहुन्छ । मन्दिरको व्यवस्थापनको जिम्मा सरकारबाट भए सजिलो हुने समितिको भनाइ छ ।  रासस

Tags: #राससआकर्षणबुढासुब्बा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
विविध

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

by रासस
जेष्ठ २४, २०८३
0

उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न...

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज
समाचार

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

by रासस
जेष्ठ २४, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३
गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.