ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ८ सेतिदेवी स्थित सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
काठमाण्डौँबाट रड बोकेर सोलुको बेनी तर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रक चालक दोलखा जिरी नगरपालिका ४ का २५ बर्षीय नवराज कार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
















Discussion about this post