पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. १ इटहरीले विभिन्न जिल्लाका ट्राफिक पोष्टमा १० वटा मोटरसाईकल प्रदान गरेको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माका अनुसार ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै उक्त मोटरसाईकल प्रदान गरिएको हो ।
१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २१ असारमा पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ लाई १० वटा मोटरसाईकल प्रदान गरेको थियो । सोही मोटरसाईकल बिहीबार प्रदान गरिएको उनले बताए ।

सोलु, भोजपुर, ओखलढुंगा, खोटाङ र मोरङ गरी पाँच जिल्लामा एक–एक वटा मोटरसाईकल वितरण गरिएको थियो भने विभिन्न जिल्लाका अन्य पाँचवटा ट्राफिक प्रहरी पोष्टमा मोटरसाईकल वितरण गरिएको एसपी शर्माले जानकारी दिए ।
















Discussion about this post