पाँचथर याङवरक ४ बस्ने ५० बर्षीय मानध्वज माबोको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।
को २ त ७०४३ नम्बरको ट्याक्टरको पछाडिको टली अचानक खुस्किएर ३० मिटर तल खस्दा ट्याक्टरमा रहेका १० जना मध्ये ५ जना घाईते भएकोमा घाईते मध्ये मानध्वज माबोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
अन्य ४ जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post