Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सोलुखुम्बुमा सुन्तला उत्पादन बढ्यो

किसानलाई बजारकै चिन्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २६, २०८०
in समाचार
0
खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात
71
SHARES
Share on FacebookShare on Twitter

सल्लेरी : हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ ।

जिल्लामा गत आर्थिक वर्ष २०७९-०८० को तुलनामा चालु आव  २०८०–०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार अघिल्लो आर्थिक वर्ष एक हजार छ सय ९० मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन उत्पादन भएको छ ।

हाल दुई सय ९५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको ज्ञान केन्द्रको तथ्याङ्क छ । यसमा दुई सय ५७ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिएको सूचना अधिकारी राईले बताए । यस वर्ष उत्पादन दिने बिरुवाको सङ्ख्या बढेसँगै उत्पादन पनि बढेको उनको भनाइ छ ।

जिल्लाको आठ पालिकामध्ये खुम्बु पासाङ ल्हामू गाउँपालिकाबाहेक सबै स्थानीय तहमा सुन्ताल खेती हुने गरेको ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवाले जानकारी दिए ।

उनले भने, “ सोलुखुम्बु हिमाली जिल्ला भए पनि यहाँको धेरै क्षेत्रमा सुन्तलाखेती राम्रो हुन्छ, खुम्बुमा चिसो भएकाले खेती हुँदैन त्यसबाहेक अरू सबै पालिका क्षेत्रमा यसको खेती राम्रो हुन्छ, गत वर्ष रोग, किरा र फलमा देखिने औँसाले दुःख दिएकाले सुन्तला उत्पादन घट्यो यस वर्ष बेलैमा उपचार भएर रोग किरा नियन्त्रण हुँदा उत्पादन बढ्यो ।”

जिल्लामा उत्पादित सुन्तलाको झण्डै ६० प्रतिशत हिस्सा थुलुङ दूधकोसीले ओगटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । थुलुङ दूधकोसीको देउसा क्षेत्र सुन्तलाखेतीको प्रचुर सम्भावना बोकेको ठाउँ भएकाले यहाँ बढी उत्पादन भएको ज्ञान केन्द्र प्रमुख तिरुवाले बताए ।

देउसालाई जिल्लाको सुन्तला भण्डारकै रुपमा लिइन्छ । सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँबजारमा बिक्रीका लागि ल्याइने अधिकांश सुन्तला देउसाकै हुने गरेको ज्ञान केन्द्रका सुचना अधिकारी  राईको भनाइ छ ।

“जिल्लालाई देउसाकै सुन्तलाले धानेको छ, अन्य ठाउँहरुमा खासै व्यावसायिक रुपमा सुन्तलाखेती नभए पनि देउसामा व्यावसायिक सुन्तला खेती हुन्छ, यसका कारण देउसाको सुन्तलाले बजार नै ओगटेको छ, त्यहाँको सुन्तला बगान त हेर्दै रहर लाग्दा छन्, देउसाको सुन्तला स्वादको हिसाबले समेत निकै स्वादिष्ट छ त्यही भएर माग पनि राम्रो छ त्यहाँको सुन्तलाको,” उनले भने ।

ज्ञान केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८–०७९ मा एक हजार एक सय ३४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७९-०८० मा  एक हजार छ सय ९० मेट्रिकटन र चालु आर्थिक वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन सुन्तला उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङ्क छ ।

बजारीकरणमा समस्या
जिल्लामा उत्पादन हुने सुन्तलाको बजारमा भने समस्या रहेको छ । जिल्लाको विभिन्न क्षेत्रमा वार्षिक दुई हजार मेट्रिकटनभन्दा धेरै सुन्तला उत्पादन भए पनि बजारीकरणको समस्या रहेको किसानको गुनासो छ । उत्पादित सुन्तलाले बजार नपाउँदा यत्तिकै कुहिएर खेर जाने गरेको देउसाका किसान सङ्गम राईले गुनासो गरे ।

उनले भने, “सुन्तला धेरै फल्यो भनेर रमाउनु मात्रै हो, बजार छैन, फलेर के गर्नु, त्यतिकै कुहिएर खेर जाने गरेको छ । यहाँको बजारमा कति नै पो बिक्छ र ? धेरै उत्पादन भए पनि खासै भाउ नै छैन, गाउँमा त सबै वस्तुभाउलाई चारो पकाएर दिने हो । त्योभन्दा अरू विकल्प नै छैन नि ।”

हाल जिल्लामा उत्पादन भएको सुन्तलाको बजार जिल्लाभित्र मात्रै सीमित बनेको छ । जसका कारण बजारीकरणमा समस्या रहेको किसानको दुखेसो छ । देउसाको सुन्तला जिल्ला सदरमुकाम सल्लेरीसम्म ढुवानी गरेर किलोको रु ५० मा पनि बिक्री नहुने गरेको देउसाका किसान अम्बर राईको भनाइ छ ।

उनले भने, “बजार नपाउँदा सिजनमा फलेको सुन्तलाबाट किसानले खासै राम्रो आम्दानी गर्न सकेका छैनन्, बजार सानो छ, खाने मान्छे कम छन्, त्यसैले गर्दा हामीले फलाएको सुन्तलाको केही भाउ छैन, रोग किरा, औँसाबाट कति दुःख गरेर जोगाउनुपर्छ, फलेपछि बजारमा भाउ छैन, किसानलाई जताबाट पनि घाटा नै घाटा, सुन्तलाखेतीबाट यसो आम्दानी होला कि भनेर बारीभरि सुन्तलाको बोट रोपियो, योबाट पनि खै त आम्दानी यस्तै त रहेछ नि ।” जिल्लामा उत्पादित सुन्तला व्यावसायिक रुपमा अन्यत्र निर्यात गर्न सकेको छैन ।

थुलुङ दूधकोसी गाउँपालिकाले केही मात्रामा सुन्तला काठमाडौँ पु¥याएर बिक्री गरे पनि पालिका क्षेत्रमै उत्पादित सबै सुन्तला ढुवानी गर्ने व्यवस्था हुन नसकेको किसान सङ्गम राईले बताए । साथै जिल्लामा सुन्तलाबाट जुस उत्पादन गर्ने व्यवस्था नहुँदा फल यतिकै खेर जाने गरेको किसानको दुखेसो छ । स्थानीय सरकारले सुन्तला, कागती, जुनारजस्ता सिजनमा हुने फलहरुबाट जुसहरु तयार गर्न सके किसानको लगानी र मेहनतको सदुपयोग हुने नेलेका सन्तोष खत्रीले बताए ।

हाल जिल्लामा उत्पादन हुने सुन्तला खानकै लागि मात्रै प्रयोग हुँदा किसानले सोचेजस्तो आम्दानी लिन नसकेको उनको भनाइ छ । यहाँ उत्पादन हुने सुन्तला ढुवानी गरी अन्य जिल्लामा समेत पुर्याउन सके बजारको चिन्ता नहुँने सल्लेरीका मिङ्मार शेर्पाले बताए ।

देउसामा उत्पादन हुने सुन्तला अहिले साप्ताहिक हाट नयाँ बजारको भरपर्नु परेको छ । हाट बजारमा बिक्री नभएको सुन्तला किसानले यतिकै फर्काएर लैजानुपर्दा गाडी भाडा तथा ज्यालामा समेत दोहोरो घाटा हुने किसानको दुखेसो छ । सुन्तलाबाट जुस बनाएर बाहिर निर्यात गर्ने सवालमा आफूहरु गम्भीर रहेको थुलुङ दूधकोसी गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताए ।

किसानको मेहनत र लगानीलाई खेर जान नदिन स्थानीय सरकार ठोस योजनाका साथ बढ्ने उनको भनाइ छ ।

“हामीले जुस उत्पादन गर्ने कारखाना त खोल्छौँ तर यति मात्रै सुन्तलाले पुग्दैन, त्यसैले उत्पादनलाई अझै बढाउन आवश्यक छ, फेरि यो फल याममा मात्रै उत्पादन हुने फल भएकाले यसलाई भण्डारण गर्ने उचित व्यवस्थापनका लागि पनि हामी योजना बनाएर अघि बढ्छौँ, केही ठाउँमा त हामीले भण्डारण केन्द्र पनि बनाइसकेका छौँ,” उनले भने ।

Tags: #रासससोलुखुम्बु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीका किसानलाई रोपाइँको चटारो
विविध

निरन्तर वर्षापछि झापामा धान रोपाइँ उत्साहजनक

by रासस
साउन ६, २०८३
0

झापा : नेपालको प्रमुख धान उत्पादन जिल्लामध्ये एक झापामा हालसम्म ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान...

विराटनगरमा घरमै लुकाइएको पेस्तोल र लागूऔषध बरामद, ५९ वर्षीय पुरुष पक्राउ
FEATURE BREAKING

विराटनगरमा घरमै लुकाइएको पेस्तोल र लागूऔषध बरामद, ५९ वर्षीय पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरस्थित एक घरमा प्रहरीले छापा मारेर अवैध हतियार र लागूऔषध बरामद गरेको छ। घटनामा संलग्न...

मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची भन्सारको राजस्व उकालो, एक वर्षमा १७ अर्ब ६७ करोड उठ्यो

साउन ६, २०८३
आज जननायक वीपी कोइरालाको ३९ औँ स्मृति दिवस

आज बीपी स्मृति दिवस

साउन ६, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीका किसानलाई रोपाइँको चटारो

निरन्तर वर्षापछि झापामा धान रोपाइँ उत्साहजनक

साउन ६, २०८३
विराटनगरमा घरमै लुकाइएको पेस्तोल र लागूऔषध बरामद, ५९ वर्षीय पुरुष पक्राउ

विराटनगरमा घरमै लुकाइएको पेस्तोल र लागूऔषध बरामद, ५९ वर्षीय पुरुष पक्राउ

साउन ६, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची भन्सारको राजस्व उकालो, एक वर्षमा १७ अर्ब ६७ करोड उठ्यो

साउन ६, २०८३
आज जननायक वीपी कोइरालाको ३९ औँ स्मृति दिवस

आज बीपी स्मृति दिवस

साउन ६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    771 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    454 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.