इटहरी : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागूऔषध मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७९।०९।२४ गतेको सजाय निर्धारण फैसला आदेशले नौ महिना २७ दिन कैद बेरुजु रही फरार रहेका युवकलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनकुटाको साविक महाभारत गाविस घर भइ हाल धरान उपमहानगरपालिका १६ स्थित बस्दै आएका ३० वर्षीय कान्छा भन्ने मनोज राई रहेका छन् ।
उनलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालत उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाइएको प्रहरीको भनाइ छ ।














Discussion about this post