सुनसरीमा नेपाल प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको छ ।
बिहीबार राति ९ बजेको समयमा जिल्लाको देवानगञ्ज गाउँपालिका ३ मा नेपाल प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको हो ।
सुनसरी प्रहरीको नियमित गस्ती अन्तर्गत सर्च अप्रेसनको क्रममा गस्तीमा रहेको प्रहरी टोली र अपराधिक समूहबीच गोली हानाहान हुँदा दुईजना घाइते भएका छन् ।
दुबै तर्फको फाइरिङ हुँदा करिब १०–१२ राउण्ड गोली चलेको प्रहरीले जनाएको छ ।
दोहोरो फाइरिङ हुँदा दुई जनालाई गोली लागेको र उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा राजेश र पिन्टु भन्ने व्यक्ति रहेका छन् ।
उनीहरु दुबैलाई खुट्टामा गोली लागेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post