लायन्स क्लब अफ इटहरी सिटिले सिराहाको बिभिन्न ठाउँहरुमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
कृष्टिना थापाको संयोजकत्वमा सिराहाको श्री आधारभूत बिद्यालय कैलाशपूर एवम ग्रीन पार्क लगायतका ठाउँहरुमा बृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
इटहरी सिटिका अध्यक्ष लोकेन्द्र ढकालका अनुसार बातावरणलाई स्वच्छ बनाउँनका लागि बृक्षारोपण कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने भएकाले बिभिन्न जातका १ सय ५० बिरुवाहरु रोपिएको छ ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक लोकबहादुर खड्का, सह–प्रधानाध्यापक अमर लामा लगायतले लायन्स क्लब इटहरी सिटिले गरेको कामको मुक्तकञ्ठले प्रसंसा गरेका थिए ।
सामाजिक उत्तर दायित्व अन्र्तगत लायन्सले उक्त कार्यक्रम आयोजना गरेको बताईएको छ ।
















Discussion about this post