Tuesday, July 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सोलुखुम्बु : हिमाल स्वच्छ राख्न प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २६, २०८०
in समाचार
0
सोलुखुम्बु : हिमाल स्वच्छ राख्न प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता
79
SHARES
Share on FacebookShare on Twitter

आधारशिविर (सोलुखुम्बु) : सात दिन लगाएर सगरमाथा आधार शिविर पुगेका महिलाले हिमाल स्वच्छ राख्न प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता जनाएका छन् ।

जलवायु परिवर्तनको असर न्यूनीकरणको अभियानका क्रममा सगरमाथा आधार शिविर पुगेर महिलाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले वातावरणको शत्रु नै प्लास्टिक भएकाले यसको प्रयोग कम गर्न सकियो भने मात्रै पनि धेरै हदसम्म वातावरण प्रदूषण कम हुने बताउनुभयो ।

“प्लास्टिकका सामग्रीको प्रयोगलाई कम गरौँ र प्रयोग गर्न मिल्ने सामग्रीको पुनःप्रयोग गरौँ, हामी महिला कुनै चाडपर्व, मेला महोत्सवमा जाँदा धेरै कपडा खरिद गर्छौ, धेरै शृङ्गारका सामान किन्छौँ अनि त्यो सामग्री एकपटक चलाएपछि यतिकै फाल्छौँ”, अध्यक्ष कार्कीले भन्नुभयो, “पलास्टिकले वातावरण प्रदूषण मात्र गरेको हुँदैन । जलवायु परिवर्तनमासमेत ठूलो भूमिका खेलिरहेको हुन्छ । त्यसैले वातावरण जोगाउन र जलवायु न्यायका लागि पुनःप्रयोगको अवधारणालाई आत्मसात् गरौँ ।”

मधेसी आयोगका सदस्य रेणुदेवी साहले जलवायु परिवर्तनको असरलाई कम गर्न हिमाल, पहाड र तराईका महिलाहरुले बेलैमा सोच्ने बेला आएको बताउनुभयो । जलवायु परिवर्तनबाट महिला तथा बालबालिका सबैभन्दा बढी पीडित भएको भन्दै उहाँले समस्या समाधानका लागि महिलाहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । महिलाहरुले प्रयोग गर्ने अधिकांश पहिरन तथा शृङ्गारका सामान पोलिस्टर प्लास्टिकबाट बन्ने भएकाले यसबाट वातावरणमा पर्न सक्ने असरलाई पनि ख्याल गर्नुपर्ने दिन आएको सदस्य साहको भनाइ छ ।

गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष रोजिना प्रधान राईले प्रकृति रहे मानव अस्तित्व सम्भव रहेकाले भन्दै वातावरण जोगाउने अभियानमा सबै जुट्नुको विकल्प नरहेको बताउनुभयो । मानवीय कृयाकलापबाटै वातावरण र प्रकृति जोखिममा पर्दै गएको अध्ययनले देखाएकाले हरेक क्रियाकलाप वातावरण अनुकूलन हुन आवश्यक रहेको उहाँले बताउनुभयो । मिस नेपाल शीच्छा प्रधानले प्लास्टिकको प्रयोग वातावरणका लागि अत्यन्त हानिकारक रहेकाले प्रकृति जोगाउन प्लास्टिक निरुत्साहितको अभियान चलाउनुपर्ने बताउनुभयो ।

जलवायु न्यायको अभियान लिएर साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीको नेतृत्वमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन सगरमाथाको आधार शिविर पुगेका १९ जना महिलाको टोलीले प्रकृति जोगाउने अभियानमा सबै जना एकजुट हुन सगरमाथा आधार शिविरबाट आह्वान गरेको थियो ।

उहाँहरुले हिमाली क्षेत्रका महिला तथा जनप्रतिनिधिसँग ठाउँ/ठाउँमा जलवायु न्यायका सवालमा अन्तरसम्वाद समेत गर्नुभयो । अभियानका क्रममा जलवायु परिवर्तनका कारण हिमालहरु कालो पहाडमा परिणत हुँदै गएको, कृषि प्रणालीमा अस्वाभाविक परिवर्तन देखा परेको र त्यसबाट प्रजननमा परेको असरबारे छलफल भएको थियो ।

Tags: #रासससोलुखुम्बुहिमाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ हलगडा चोकमा ट्रकको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ। दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–२–००२ ख...

प्रलोभन देखाएर ठगी गर्ने मोरङका एक पुरुष पक्राउ
विविध

झापामा डिजिटल ठगीको जोखिम बढ्यो, सयौँ मुद्दा अनुसन्धानमै

by रासस
साउन ४, २०८३
0

झापा : डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापामा वित्तीय अपराधका घटना भने बढ्दै गएको पाइएको छ।...

सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

साउन ४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापामा वन कार्यालयको स्कोरपियोसँग सफारी ठोक्किँदा यात्रुको मृत्यु

साउन ४, २०८३
कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

साउन ४, २०८३
मदन पुरस्कारका लागि १० कृति छनौट, उपन्यासको वर्चस्व

मदन पुरस्कारका लागि १० कृति छनौट, उपन्यासको वर्चस्व

साउन ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३
प्रलोभन देखाएर ठगी गर्ने मोरङका एक पुरुष पक्राउ

झापामा डिजिटल ठगीको जोखिम बढ्यो, सयौँ मुद्दा अनुसन्धानमै

साउन ४, २०८३
सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

साउन ४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापामा वन कार्यालयको स्कोरपियोसँग सफारी ठोक्किँदा यात्रुको मृत्यु

साउन ४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1105 shares
    Share 442 Tweet 276
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    767 shares
    Share 307 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.