Friday, August 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तरहराका हेमकुमार, जसले बैशाखी टेकेर १० किमि दौड पूरा गरे…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २७, २०८०
in टाकुरा विशेष, समाचार
0
तरहराका हेमकुमार, जसले बैशाखी टेकेर १० किमि दौड पूरा गरे…
199
SHARES
Share on FacebookShare on Twitter

इटहरी : शनिबार बिहान करिब ९ बजेतिर इटहरी २० तरहराको भीडमा अनौठो दृश्य देखियो ।

तरहरा रन कार्यक्रममा १० किलोमिटर दौड पूरा गरेर थकित मुद्रामा बसिरहेका एक हजार पाँच सयभन्दा बढी मानिसहरूको भीडमा देखिएको उक्त दृश्यले मानिसहरूलाई भावुक मात्रै बनाएन, उत्प्रेरित पनि बनायो ।

ती अनौठो दृश्यमा देखिएका मानिस हुन्, इटहरी २० तरहरास्थित सुन्दर टोलका हेमकुमार विष्ट । उनको दाहिने खुट्टा गुमेको छ । खुट्टा गुमेपनि उनले बैशाखी टेकेर शनिबार १० किमि दौड पूरा गरे ।

‘मैले जित्न त कुदेको होइन, तर स्वास्थ्य रहनका लागि कुद्नुपर्छ भनेर कुदेको हुँ,’ विष्टले टाकुरा न्यूजसँग भने, ‘बैशाखीकै सहारामा अरुजस्तै कुद्दा पनि रमाइलो भयो ।’ उनले अरुजस्तै छिटो कुद्न नसकेपनि बैशाखीको सहाराले १० किमि दौड पूरा गर्दा आनन्ददायी अनुभूति भएको बताए ।

१२ वर्षअघि सवारी दुर्घटनामा उनको दाहिने खुट्टा गुमेको थियो । खुट्टा गुमेर बैशाखीकै सहारामा जीवनयापन गरिरहेका उनी दौड प्रतियोगितामा सहभागी हुँदा आम मानिसलाई उत्प्रेरणा मिलेको खासखुस गरिरहेका थिए ।

उमेरले २० वर्ष पूरा भएका विष्टले १ घण्टा २५ मिनेटमा १० किलोमिटर दौड पूरा गरेको सुनाए ।

‘मैले यो किसिमको दौडमा पहिलोपटक सहभागी भएको हुँ,’ उनले भने, ‘अरुलाई पनि मोटिभेट होस् भनेर आज फरक किसिमको कार्यक्रममा सहभागी भएको हुँ ।’

शरीरका अंग गुमेपनि मान्छेले चाहेको अवस्थामा पूरा गर्न सकिने उनको भनाइ छ । ‘मान्छेले हेरिरहँदा रमाइलो भयो,’ विष्टले थपे, ‘म आफैंलाई पनि रमाइलो भयो । हुन त कुद्ने क्रममा जित्नै पर्छ भन्ने होइन ।’

उक्त दौड प्रतियोगितामा विभिन्न स्थानबाट आएका एक हजार सात सय धावक दौड प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगिता विभिन्न सात विधामा आयोजना गरिएको थियो । विधागततर्फका विजेताहरूलाई पुरस्कृत गरिएको छ ।

भिडियो

यो पनि – ‘तरहरा रन’मा एक हजार सात सय धावक सहभागी (१८ तस्वीरहरूसहित)

Tags: टाकुरा विशेषदौडरनहेमकुमार विष्ट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कक्षा ८ अधुरै छोडेका बालबालिकाका लागि वैकल्पिक शिक्षा
विविध

कक्षा ८ अधुरै छोडेका बालबालिकाका लागि वैकल्पिक शिक्षा

by रासस
साउन २२, २०८३
0

झापा : कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय बाहिर रहेका १२५ जना बालबालिकालाई लक्षित गर्दै वैकल्पिक कक्षा...

इटहरीमा १८ घण्टा लोडसेडिङ : आक्रोशित सर्वसाधारण भन्छन्, सडकमा आगो बाल्न नपरोस्
FEATURE BREAKING

कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

by रासस
साउन २२, २०८३
0

झापा : झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४...

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

साउन २१, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

बजारमा खाना पकाउने ग्यासको हाहाकार, उपभोक्ता सास्तीमा

साउन २१, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मोरङमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

साउन २१, २०८३
राडार गन र मापसे जाँचको प्रभावकारी प्रयोग गर्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

राडार गन र मापसे जाँचको प्रभावकारी प्रयोग गर्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

साउन २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कक्षा ८ अधुरै छोडेका बालबालिकाका लागि वैकल्पिक शिक्षा

कक्षा ८ अधुरै छोडेका बालबालिकाका लागि वैकल्पिक शिक्षा

साउन २२, २०८३
इटहरीमा १८ घण्टा लोडसेडिङ : आक्रोशित सर्वसाधारण भन्छन्, सडकमा आगो बाल्न नपरोस्

कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

साउन २२, २०८३
इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

साउन २१, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

बजारमा खाना पकाउने ग्यासको हाहाकार, उपभोक्ता सास्तीमा

साउन २१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1111 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    602 shares
    Share 241 Tweet 151
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.