Wednesday, August 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

‘तरहरा रन’मा एक हजार सात सय धावक सहभागी (१८ तस्वीरहरूसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २६, २०८०
in खेलकुद, समाचार
0
‘तरहरा रन’मा एक हजार सात सय धावक सहभागी (१८ तस्वीरहरूसहित)
234
SHARES
Share on FacebookShare on Twitter

इटहरी :इटहरी २० तरहरामा १० किलोमिटर दौड प्रतियोगितामा विभिन्न स्थानबाट आएका एक हजार सात सय धावक दौड प्रतियोगितामा सहभागी भएका छन् । प्रतियोगिता विभिन्न सात विधामा आयोजना गरिएको थियो । विधागततर्फका विजेताहरूलाई पुरस्कृत गरिएको छ ।

१६ देखि ३९ वर्ष उमेर समूहका धावकहरूले सबैभन्दा छिटो १० किलोमिटर दूरी पार गरेर प्रथम, द्धितीय र तृतीय भएकाहरूलाई पुरस्कृत गरियो । जसमा जनही ३० हजार, २० हजार र १० हजार नगदसहित मेडल प्रदान गरियो ।

यसैगरी ४० देखि माथिका (भेट्रान) लाई पनि १० किलोमिटर दौडमा सहभागी गराइएको थियो । प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई नगद १० हजार, सात हजार र पाँच हजारसहित पुरस्कृत गरिएको थियो ।

यसैगरी १५ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले १० किलोमिटर दौडमा सहभागी भए । उनीहरूमध्ये प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई पनि नगद १० हजार, सात हजार र पाँच हजार प्रदान गरियो ।

प्रतियोगितामा १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई ३ किलोमिटर दूरीको दौडमा सहभागी गराइएको थियो । जसमा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई जनही पाँच हजार, तीन हजार र दुईहजारसहित मेडल प्रदान गरियो ।

यसैगरी ह्वील चियरमार्फत पनि एक किलोमिटर दौड प्रतियोगिता आयोजना गराइयो । जसमा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई क्रमशः नगद १० हजार, सात हजार र पाँच हजारसहित मेडल प्रदान गरियो । सबै विधामा पुरुष र महिलाहरूलाई पुरस्कृत गरिएको थियो । यस्तै, स–परिवार दौड प्रतियोगिता ३ किलोमिटरको रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हरेक मानिस जीवनमा दौडिनुपर्ने बताए । ‘आज गाउँको वास्तविकता अवस्था हेर्न पाइयो, धेरै मानिस गाउँ फर्किरहेका छैनौँ,’ उनले भने, ‘हाम्रो गाउँ बाटो हेर्दा रमाइलो अनुभूति भयो । हरेक मानिस जिन्दगीमा दौडिनुपर्छ । जिन्दगी भनेकै दौड पनि हो ।’

उनले जीवनमा दौडेर थाक्न नहुने बताए । योग्य र दक्ष जनशक्ति निर्माण गर्नका निम्ति उपमहानगरले बजेट बिनियोजन गरेको उनको भनाइ छ ।

इटहरी क्षेत्रमा हुने सबै दौडमा आफू सहभागी भएकाले यो दौड सबैभन्दा बढी सहभागी भएको र बृहत भएको मेयर पौडेलले बताए ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले यो दौडले स्वास्थ्यप्रति चेतना फैलाएको बताए । ‘आगामी वर्षमा हुने कार्यक्रममा वडाबाट बजेट बिनियोजन हुनेछ,’ उनले भने, ‘स्वास्थ्य रहनुपर्छ भनेर दौड आयोजना गरिँदा सकारात्मक सन्देश दिएको छ ।’

स्वास्थ्य नै ठूलो सम्पत्ति रहेको भन्दै उनले सोच र विचार सकारात्मक हुनुपर्नेमा जोड दिए ।

छिमेकी देश भारतको दार्जिलीङबाट आएका प्रिमुस भुटियाले आफू हार्न, जित्नका लागि नभइ स्वास्थ्यका लागि दौडेको बताए । ‘मात्नुभन्दा सुत्नु राम्रो, सुत्नुभन्दा कुद्नु राम्रो,’ उनले भने, ‘मलाई कुद्दाखेरि जिस्काउँछ, तिमी जित्छौ भन्छन् ? म जित्नका लागि होइन, स्वास्थ्यका लागि कुदेको हुँ ।’

उनले कुद्दा कूलतबाटसमेत मुक्त हुने भएकाले युवाहरूलाई कुद्नका निम्ति प्रोत्साहित गरे ।

खेल संयोजक मीनकुमार खवासले रनर भनेको कोही जित्ने, हार्ने भन्दापनि कुद्नेहरू सबै रहेको बताए । उनले भने, ‘रनररू उहाँहरू हो, जसले टार्गेट पूरा गर्नुहुन्छ । फरक यतिमात्रै हो, कसैले छिटो र कसैले ढिलो टार्गेट पूरा गर्नुहुन्छ ।’

तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईका अनुसार स्थानीय ठाउँलाई चिनाउन र पर्यटन प्रबद्र्धन गर्नका निम्ति उक्त रन कार्यक्रमको आयोजना गरिएको हो । पहिलोपटक तरहरामा यो किसिमको रन कार्यक्रम अयोजना गरिएको र अर्को वर्षपनि आयोजना गरिने बताए ।

भिडियो

Tags: #खेलकुददौडरनशिवु रुम्दाली राई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १९, २०८३
0

मोरङ : मोरङको बेलबारी नगरपालिका–९ गैराखुनीमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। सोमबार राति करिब...

विराटनगरमा पनि निषेधाज्ञा गर्ने निर्णय (निर्णयसहित)
भिजिट नेपाल

विराटनगर नाकाबाट एक वर्षमा २१० विदेशी पर्यटक नेपाल प्रवेश

by रासस
साउन १९, २०८३
0

विराटनगर : मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा तेस्रो मुलुकका २१० जना पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय...

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

साउन १९, २०८३
कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

साउन १९, २०८३

झापामा एक वर्षमा ६९६ जनामा स्क्रब टाइफस संक्रमण

साउन १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकाबाट चिया निर्यात घट्यो, आम्दानीमा ६४ करोडको कमी

साउन १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

साउन १९, २०८३
विराटनगरमा पनि निषेधाज्ञा गर्ने निर्णय (निर्णयसहित)

विराटनगर नाकाबाट एक वर्षमा २१० विदेशी पर्यटक नेपाल प्रवेश

साउन १९, २०८३
बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

साउन १९, २०८३
कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

कप्तानगन्ज गोलीकाण्ड : रवीन्द्रको उपचार असफल, मृतक संख्या तीन पुग्यो

साउन १९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.