सुनसरी प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको ठूलो परिमाणको अवैध माछा नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपाल ल्याउँदै गर्दा सुनसरीको भाण्टाबारी नाकाबाट प्रहरीले मागुर जातको माछा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले जानकारी दिए।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १८ एवं पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को दफा १७ बमोजिम गुणस्तर तथा मापदण्ड सम्बन्धी व्यवस्थाको विपरीत भएकाले मागुर जातको माछा नेपाल ल्याइँदै गरेको अवस्थामा पक्राउ गरिएको बुझिएको छ ।
यसबारेमा जिल्ला प्रहरी कार्यालय सुनसरीले विस्तृत जानकारी दिनका लागि सोमबार पत्रकार सम्मेलन गर्दै छ ।
















Discussion about this post