Wednesday, July 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङको बेलबारीमा मध्यराति श्रीमतीको हत्या गरेपछि घाँटी रेटेर आत्महत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ७, २०८०
in समाचार
0
मोरङको बेलबारीमा मध्यराति श्रीमतीको हत्या गरेपछि घाँटी रेटेर आत्महत्या

घटनास्थल ।

120
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङको बेलबारीमा मध्यराति श्रीमानले श्रीमतीको हत्या गरेर आफैंले घाँटी रेटेर आत्महत्या गरेका छन् ।

बुधबार बिहानको राति १ः४० बजेतिर मोरङको बेलबारी नगरपालिका १ स्थित अन्दाजी ६० वर्षको बमबहादुर लिम्बूले आफ्नै श्रीमती अन्दाजी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेका हुन् ।

आपसी विवादका क्रममा लिम्बूले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमतीको हत्या गर्ने दाउले आफूलाई पनि रेटेर बमबहादुरले आत्महत्या गरेका छन् ।

उनीहरू स्थानीय निर्मला राईको घरमा चार वर्षदेखि कोठाभाडामा बस्दै आएका थिए ।

घरधनी निर्मलाले भनिन्, ‘मध्यराति रोएको आवाज आएपछि घटनाबारे थाहा भयो । बमबहादुरले श्रीमतीको हत्या गरेपछि प्रहरीले मलाई जेल लैजान्छ भनेर आफैं घाँटी रेटेछन् ।’

घटनास्थलबाट उनीहरूका ८ वर्षीय एक छोरा भने भागेर बच्न सफल भएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठाएपनि चिकित्सकले बिहान ३ः३० बजेतिर मृत घोषित गरेको दाहालले पुष्टि गरे । प्रहरीले घटनामा प्रयोग भएको दाउ बरामद गरेको छ ।

पति–पत्नीबीच के विषयमा विवाद भएर उक्त घटना भएको हो भन्नेबारे थप अनुसन्धानपछि खुल्ने उनले बताए । बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

डीएसपी दाहालका अनुसार मृतक गीताको शव घटनास्थलमै रहेको र कानुनी प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमका लागि पठाइनेछ । त्यसपछि थप अनुसन्धान सुरु गरिने मोरङ प्रहरीले जनाएको छ ।

 

Tags: #मोरङ#हत्याअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा
FEATURE BREAKING

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३१, २०८३
0

इटहरी : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट...

फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ
FEATURE BREAKING

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३१, २०८३
0

विराटनगर : विराटनगरमा लागूऔषध सेवन (लापसे) गरी सवारी चलाइरहेका १० चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बढ्दो सवारी दुर्घटना रोक्न सञ्चालन...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३
वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

असार ३१, २०८३
खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

असार ३१, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

असार ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

असार ३१, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३
वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

असार ३१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    460 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.