Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा अवैध संरचना भत्काउन सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १३, २०८०
in समाचार
0
इटहरीमा अवैध संरचना भत्काउन सुरु
738
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले खोला, पैनी मिचेर बनाएका अवैध संरचना भत्काउन सुरु गरेको छ । बर्सेनि इटहरीमा बाढीले दुःख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उपमहानगरले डोजर चलाउन सुरु गरेको हो ।

मंगलबार (आज)बाट इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जनाए ।

क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजरसहित खोला पैनी पुगेका थिए । पटकपटक सूचना जारी गर्दा पनि नभत्काएपछि अवैध संरचना भत्काउन सुरु गरेको पौडेलले बताए ।

अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको जिकिर छ।

टेंग्रा खोला, खेती खोला र सुकुम्बारी पैनीको दुवै किनारबाट ६-६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवैतर्फ ६-६ मिटर नछोडिकन बनेका भवन संरचना हटाउन सुरु गरेको हो ।

बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठूलो पानी पर्दा इटहरीमा भयावह स्थिति सिर्जना हुने खतरा रहन्छ। जसले गर्दा हरेक बर्खाको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन् ।

अब आउँदो बर्खामा इटहरीमा खोलाको तटीय वस्तीमा बस्नेलाई जोगाउन उपमहानगरले अवैध संरचना हटाउन सुरु गरेको पौडेलले बताए ।

खासगरी इटहरीका ३, ४, ९, १०, ११ र १२ नम्बर वडा बाढी प्रभावित छन् । २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो। अघिल्लो वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो। अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षति पुगेको थियो।

इटहरीमा २०७४ र २०७८ कात्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरेको थियो। त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुवानमा परेको थियो।

यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुुटसम्म जमिन पाँगो माटोले पुरेको थियो।

२०४० को दशकमा इटहरीको भूगोलमा मानववस्ती पातलो थियो। यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे। जताततै खोला पैनी वा पानी बग्ने निकासका ठाउँहरू खुला थिए। जसले गर्दा सहजै पानी निकास हुने गथ्र्यो।

जुन ठाउँबाट इटहरीमा बाढी पस्छ, त्यस ठाउँमा दीर्घकालीन योजना बनाएर सधैँका लागि तटबन्ध नलगाउनुजस्ता कारणले पनि इटहरीबासी बाढीबाट प्रताडित बन्दै आएका छन् ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाअतिक्रमित संरचनासंरचना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी
विविध

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

भोजपुर षडानन्द नगरपालिका–११ अवस्थित झ्याउ पोखरी बजार । झ्याउ पोखरी क्षेत्रका जमिन सुन्तला तथा कृषि उत्पादनका लागि राम्रो मानिन्छ ।...

अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 
समाचार

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

उदयपुर : सेवाग्राहीको काम सहज रूपमा गरिदिनुपर्ने जिम्मेवारीमा रहेका डिभिजन वन कार्यालय, उदयपुरका वन अधिकृत भुवन पौडेलमाथि उल्टै काम अल्झाएर...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३
‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    891 shares
    Share 356 Tweet 223
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    745 shares
    Share 298 Tweet 186
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    269 shares
    Share 108 Tweet 67

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.