लायन्स क्लब अफ तरहरा इटहरीकी सह–सचिव सारदा खड्काको जन्मदिनको अवसरमा लायन्स क्लब अफ तरहरा इटहरीले सचेतना कार्यक्रम आयोजना गर्दै मास्क वितरण गरेको छ ।
कोरोनाको महामारीमा सचेतना अपनाउँदै खड्काको जन्मदिनको अवसर पारेर लायन्स क्लबले मास्क वितरण गरेको अध्यक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार तरहरा बजारमा आवतजावत गर्ने ५ सय जनालाई मास्क वितरण तथा सचेतना गराईएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ तरहराका संस्थापक अध्यक्ष मणिराम श्रेष्ठ, निवर्तमान अध्यक्ष मेनुका गिरी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य लायन्सका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
















Discussion about this post