मोरङको कटहरी २ हल्दिबारी मझारेमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मझारे जाने बाटोमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त १३७६ नं.को ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको साईकल यात्री जहदा ५ बस्ने अन्दाजी ५० बर्षीय बिलट राजभरलाई ठक्कर दिदाँ राजभरको मृत्यु भएको हो ।
ठक्करबाट घाईते भएका उनको उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।
















Discussion about this post