Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जब उसले मास्टर भन्यो …

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ११, २०७७
in टाकुरा विशेष, विचार
0
स्थानीय तहका कर्मचारीप्रति किन सौतेनी व्यवहार ?
325
SHARES
Share on FacebookShare on Twitter

१ सय २० दिन लामो बन्दाबन्दी खुले सँगै वातावरण केही सहज बन्दै छ । चार महिनाको अन्तरालपछि बजारका चिया पसल खुलेका छन् ।

सबैको मुखबाट एउटै कुरा सुनिन्छ–कोरोनाले आज यतिको मृत्यु भयो । रेडियोले फुकिरहेको छ, अनलाईन पत्र–पत्रिकामा बग्रेल्ती समाचार आईरहेका छन् । आज फलानो ठाउँमा बाढी पहिरोबाट यतिको मृत्यु भयो ।

विस्तारै अब शिक्षण संस्था र रोकिएका परीक्षाहरू सुचारू हुनेछन् । कोरोना भाइरसको प्रभावले चार महिनासम्म विद्यालयको पठनपाठन हुन सकेन । शिक्षकहरूले आ–आफ्नो स्थानमा बसेर सकेको सानो तिनो सिकाई सहिजीकरणमा साथ दिए । चियाको चुस्की सँगै नेपथ्यबाट कसैले भन्यो ‘यी मास्टरहरूले चार महिनासम्म बसेर फोगटमा तलब खाए । अब विद्यालय खुल्ने भो । मास्टरका दिनहरू सुरू भए । हा हा हा हा ।’

मलाई फोगटमा तबल खाए भन्ने विषयले भन्दा पनि एउटा शब्दले छोयो । नेपथ्यबाट आएको मास्टर शब्दले । त्यसैले मेरो मस्तिष्कलाई तरङ्गित बनायो । मेरो मनले एक पटक आफँैले आफैँलाई सोध्यो । म ‘मास्टर’ कि ‘शिक्षक’ को दर्जामा परेँ । ‘मास्टर’ शब्दलाई अझै पनि नेपाली समाजमा हेयको दृष्टिले हेर्ने गरिन्छ । हाम्रो चिन्तन देखेर अचम्ममा परेँ र एउटा निश्कर्ष निकालँे ‘शैक्षिक गुणस्तर ल्याउँन पहिला शिक्षक र शिक्षण पेशाप्रतिको सोच परिवर्तन गर्नुपर्ने रहेछ ।’

औपचारिक शिक्षाको प्रारम्भ हुनु पूर्व शिक्षार्थीहरू गुरूको आश्रममा गएर शिक्षा प्राप्त गर्थे । औपचारिक रूपमा विद्यालय सञ्चालन हुन थालेपछि भने एउटा निश्चित ठाउँमा पठनपाठनको व्यवस्था भयो । ‘मास्टर’ शब्दको वास्तविक अर्थ गुरू वा शिक्षक भए पनि शिक्षण पेशालाई तल्लो दर्जाको पेशाको रूपमा लिइँदै आएको छ । त्यसैले ‘मास्टर’ र ‘मास्टरी’ पेशा प्रति नेपाली समाजमा सकारात्मक धारणको विकास हुन सकेको छैन । अझै पनि हाम्रो बुझाई केही गर्न नसक्नेले घर नजिकको विद्यालयमा शिक्षक बन्ने परम्परा छदैँ छ । राज्यको नीति पनि त्यसै अनुसारको छ ।

सामान्यतः शिक्षण पेशा अपनाउन शिक्षाशास्त्र संकाय पढेकै हुनुपर्छ । विज्ञान, व्यवस्थापन जस्ता अन्य संकाय पढ्न निश्चित मापदण्ड बनाइएको छ । तर, ज्ञानको ज्योति फैलाउने शिक्षक बन्न शिक्षाशास्त्र संकाय पढ्न कुनै मापदण्डको व्यवस्था गरिएको छैन । यसो भनौँ, सबै भन्दा कमजोर विद्यार्थीहरूले पढ्ने संकाय नै शिक्षाशास्त्र संकाय भएको छ ।

सरकार कमजोर व्यक्तिलाई शिक्षण पेशा गर्न लगाउने अनि शैक्षिक गुणस्तर कमजोर आयो भनेर गोहीको आँसु चुहाउनुको के अर्थ ? ‘सर’ शब्द सम्मानित व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गरिन्छ । समग्र शैक्षिक प्रणालीमा सुधार गर्न राज्यले लिने नीतिमा अब समय सपेक्ष परिवर्तन गर्न आवश्यक छ ।

सर्वप्रथम विद्यालयको शैक्षिक गुणस्तर परिवर्तन शिक्षा, शिक्षक र शिक्षण पेशा प्रतिको हाम्रो मानसिकता, सोचाई वा दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने हुन्छ । मान्छेले जस्तो चिन्तन पालेको हुन्छ, त्यस्तै नै व्यवहार देखाउने हुनाले शिक्षक र शिक्षण पेशाप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउँन सकेमात्र उत्पादन राम्रो आउने निश्चित छ । हामीले आँपूmभित्र भएको ‘मास्टर’ प्रतिको घृणित सोचलाई विरेचन गर्न सक्नुपर्छ ।

जबसम्म मनभित्र रहेको ‘मास्टर’ प्रतिको विकार पदार्थलाई हटाउँन सकिदैँन तबसम्म चाहे जतिको शैक्षिक परिवर्तन ल्याउन सकिदैन । ‘गुरू’ त्यो हो जसले अन्धकारबाट उज्यालो मार्ग देखाउँछन् । गुरूप्रतिको सम्मान भावको विकास गर्न गुरूले निभाउनु पर्ने भूमिका पनि त्यसै अनुसारको हुन आवश्यक छ । नेपथ्यबाट आएको आवाज मात्र होइन, समाजका गन्यमान्यबाट पनि त्यस प्रकारको व्यवहार यदाकदा सुन्न पाइन्छ । अर्काे पक्षसमान तहका निजामति कर्मचारी र शिक्षकहरू विचमा समेत एकरूपता छैन ।

यहाँ एकरूपताका कुरा त परै छाडौँ शिक्षण, पेसाप्रतिको मानिसहरूको बुझाइ नै सङ्कुचित छ । यही सङ्कुचित सोचाइको कारण पश्चिमा मुलुक भन्दा हामी धेरै पछाडि छौँ । हामीले प्रदान गर्ने शिक्षालाई पश्चिमा मुलुकमा राम्रो मानिदँैन । एकाद बाहेक हरेक प्रकारका जनशक्ति उत्पादनको स्रोत विद्यालय नै हो । हामीलाई चाहिने जनशक्ति उत्पादनको मूल स्रोत भने शिक्षक हुन् । शिक्षण पेशाप्रतिको रूचि कम हुनुमा सङ्कुचित दृष्टिकोण नै हो ।

त्यसैले समग्र शैक्षिक प्रणालीमा शिक्षक तथा शिक्षण पेशाप्रतिको सकारात्मक सोचको विकास गर्ने बेला आएको छ । त्यसका लागि सरकारी निकायले शिक्षक र शिक्षण पेसालाई अन्य पेशा सो सरह उच्च सम्मान दिनुपर्छ ।

एउटा भनाइ छ, सकारात्मक सोच, सकारात्मक कार्यबाट सकारात्मक नतिजा आउँछ । त्यसैले विद्यालयको शैक्षिक उन्नयन गर्न मानिसहरूको चिन्तनमा परिवर्तन गर्नुपर्छ । सरकारी पक्षबाट शिक्षण पेशाप्रति सकारात्मक चिन्तनको विकास गर्न शिक्षण पेशामा प्रवेश गर्न चाहनेका लागि सही गोरेटो बनाउनुपर्छ ।

अब्बल व्यक्तिहरूले मात्र शिक्षाशास्त्र संकाय पढ्ने व्यवस्था गर्न सके त्यसबाट आएका जनशक्तिले मात्र गुणस्तरीय जनशक्ति उत्पादन गर्न सक्छन् । अर्काे पाटोमा, शिक्षण पेशामा आबद्ध हुने शिक्षकहरूले आफ्नो नीति नियमलाई यथोचित पालन गर्ने हो भने शिक्षक र शिक्षण पेशाप्रतिको मानिसहरूको धारणा सकारात्मक बन्न सक्छ ।

त्यसैले आफू र आफ्नो शिक्षण पेशालाई कति प्रशंसीय बनाउने हिस्सा स्वयम् शिक्षकहरूलाई नै छ । तसर्थ मानिसहरूको ‘शिक्षक’ प्रतिको सकारात्मक चिन्तनको विकास गर्न शिक्षक आफँै जिम्मेवार बन्नुपर्छ ।

लेखकबाट थप

स्थानीय तहका कर्मचारीप्रति किन सौतेनी व्यवहार ?

 

(कार्की धर्मदेवी नगरपालिका संखुवासभाका शिक्षा अधिकृत हुन् ।)

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या
टाकुरा विशेष

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

by टाकुरा न्यूज । इटहरी
साउन २२, २०८३
0

विराटनगर : आर्थिक कारोबार विस्तारसँगै कोशी प्रदेशमा बैंकिङ कसुरका घटनाले चिन्ताजनक रूप लिन थालेका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कले प्रदेशमा...

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति
टाकुरा विशेष

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

by केशव खतिवडा
साउन १६, २०८३
0

‘अर्थको खोजीमा मानिस’ नामक विश्वप्रसिद्ध पुस्तकका लेखक भिक्टर ई फ्राङ्कल (Viktore E Frankl) हुन् । उनी अष्ट्रियाका प्रसिद्ध न्युरोलोजिस्ट, दार्शनिक,...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

असार ३२, २०८३
वामपन्थीहरूको छटपटाहट

वामपन्थीहरूको छटपटाहट

असार २५, २०८३
लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

असार २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.